बिहीबार, १३ वैशाख २०८१

डिएभी कलेजको प्रथम वार्षिक भ्लग फेस्ट-२०२० सम्पन्न

समयपोष्ट २०७७ पुष २० गते १६:१६

Advertisement

डिएभी कलेजले प्रथम वार्षिक भ्लग फेस्ट-२०२० सम्पन्न गरेको छ ।

बिहीबार सम्पन्न उक्त फेस्टमा विजेताहरुलाई पुरस्कार समेत वितरण गरियो ।

सो भ्लग प्रतियोगितामा आफ्नो भिडियो बुझाउनको लागि सहभागी विद्यार्थीलाई करिब दश दिनको समय दिईएको थियो। उक्त भिडियो भ्लगमा उनीहरुले तनावयुक्त समयमा पनि सृजनशिलताको माध्यमबाट कसरी आशावादी रहन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्नुपर्ने थियो। यस क्रममा जम्मा १५० वटा भ्लग बुझाईएका थिए । जस मध्ये २८ वटालाई प्रतिस्पर्धाको निमित्त उचित ठानिएको थियो।

फेसबुकलाई माध्यम बनाईएको यस प्रतियोगितामा उनीहरुको भिडियो पोस्टहरुले कैयौं सेयर र सैयौं लाईक्स पाएका थिए। यसैगरी उनीहरुको भिडियोलाई हजारौं मानिसले हेरेका थिए र अनलाईन माध्यमहरुका मार्फत यो कार्यक्रम विद्यार्थी युवा समुहहरु माझ निकै चर्चित हुन पुग्यो।

उक्त प्रतियोगितामा वर्षको सर्वोत्कृष्ट भ्लगर याबेस राई (फ्लोरिकल्चर – अ बिउटिफुल बिजनेस) बन्न पुगे भने अभिषेक बस्नेत, अनमोल तामाङ, चिरायु बिष्ट, रायन सिकेमान, रबिन श्रेष्ठ, संजिब अधिकारी (वाई????) ले अध्यक्षअवार्ड हात पारे ।

सहारा गर्तौला (एन्टी हङ्गर मेडिसिन भर्सेज फुड स्क्यारसिटी) सामाजिक प्रभाव अवार्ड,करिना श्रेष्ठ (किर्तिपुर: अ बिउटिफुल एण्ड हिस्टोरिक प्लेस)अत्याधिक फेसबुक भिउज् अवार्ड,जुहि अधिकारी (माई वेट लस जर्नी) अत्याधिक फेसबुक लाईक्स अवार्ड, दिव्यानी रानी सिहं (होप) अत्याधिक फेसबुक सेयर अवार्ड, युकेश भण्डारी, संस्कार पाण्डे (लुम्बिनी – अ वर्ल्ड हेरिटेज साईट फर अ रिजन्) व्यवस्थापन प्रशंसाअवार्ड हात पार्न सफल भए ।

 

कार्यक्रममा कलेजका अध्यक्ष अनिल केडियाले एउटा भ्लगले कुनै विषयवस्तुलाई प्रवर्द्धन नगरिकन त्यसको बारेमा निष्पक्ष मत दिनुपर्ने कुराको महत्व आफ्ना विद्यार्थीहरुले राम्रोसँग बुझेको बताए । केडियाले भने,”एउटा भ्लगले कुनै विषयवस्तुलाई प्रवर्द्धन नगरिकन त्यसको बारेमा निष्पक्ष मत दिनुपर्छ। मैले मेरा विद्यार्थीहरूले यो कुराको महत्व राम्रोसँग बुझेको पाएँ,उनले भने, भ्लगहरु मध्ये मलाई विभिन्न पृथक जीवनशैली र हाम्रो नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता झल्काउने दृष्य तथा सन्दर्भहरुले विषेश ध्यानाकर्षण गरेको थियो।”

 

त्यस्तै त्रिविका फ्याकल्टी अफ म्यानेजमेन्टका प्रमुख डिल्लीराज शर्माले विद्यार्थीका भ्लगमा आधुनिक र सृजनशिल प्रयोग भएको उल्लेख गरे । उनले म्यानेजमेन्ट स्टडिज् लाई बुझ्न यसका बहु र अन्तर विषयवस्तुसँगको सम्बन्धलाई बुझ्न जरुरी आवश्यक रहेको समेत बताए । उनले भने,”म्यानेजमेन्ट स्टडिज् एउटा यस्तो विषय हो, जसलाई बुझ्न यसका बहु र अन्तर विषयवस्तुसँगको सम्बन्धलाई बुझ्न जरुरी हुन्छ। यो ज्ञानको माध्यमबाट समाज र मानव व्यवहारलाई बुझेर त्यसमा प्रभाव पार्न सक्नु यसको अर्को आयाम हो,उनले भने, जब मैले प्रतिष्पर्धी विद्यार्थीका भ्लग देखेँ, तब मैले उनीहरुको काममा यस चिन्तनको राम्रो उदाहरणहरु पाएँ, जसमा उनीहरुको आधुनिक र सृजनशिल प्रयोग समेत देख्न पाईन्छ।”

उक्त कार्यक्रममा कतिपय विद्यार्थीहरुले भने ईन्टरनेटको भिडियो कन्फ्रेन्सिङ मार्फत आफ्नो उपस्थिति जनाएका थिए।

कार्यक्रममा त्रिविका फ्याकल्टी अफ म्यानेजमेन्टका प्रमुख डिल्लीराज शर्मा , त्रिविका फ्याकल्टी अफ म्यानेजमेन्टका सहप्रमुख
दिनेशमणि घिमिरे , कलेजका अनुसन्धान तथा निर्णायक मण्डली र सोही कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री