शनिबार, ८ वैशाख २०८१

भोलि दिनभर यी क्षेत्रमा बत्ती नआउँने

समयपोष्ट २०७६ माघ १४ गते १९:४२

Advertisement

भोलिपनि चक्रपथ क्षेत्रमा दिनभर बत्ती काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणलका अनुसार चक्रपथको कलंकी-सुकेधारा दोस्रो खण्डको विस्तार कार्यकालागि बुढानिलकण्ठ फिडरलाई भोलि बिहान साढे ७ बजेदेखिनै सट डाउन गरिने छ । जसले गर्दा बसुन्धरा, श्रीटोल लगायतका क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने छ ।

अहिले चक्रपथ विस्तारको लागि नेपाल वन निगमले धमाधम रुख काट्ने काम गरिरहेको छ। सुकेधाराबाट कलंकी तर्फ रुख कटानको काम सुरु भएकोले क्रमश उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ।

निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा काम सम्पन्न हुने वित्तीकै विद्युत सुचारु हुने छ। अन्यथा बिहान ७:३० बजेदेखि बेलुका ४ बजे सम्मै लाइन काटिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री