बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंक र राष्ट्र बैंक बीच आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित सम्झौता

समयपोष्ट २०७६ माघ १३ गते १९:१४

Advertisement

महालक्ष्मी विकास बैंक लि.ले नेपाल राष्ट्र बैंकसँग आर. टि. जि. एस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रास सेटलमेण्ट (आर. टि. जि. एस)बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने हस्ताक्षर गर्नु भएको हो ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिंग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्ग लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री