बिहीबार, १३ वैशाख २०८१

यस्तो अवस्थामा भेटियो ११ दिनदेखि लाङटाङमा हराएका दुई विद्यार्थीको शव

समयपोष्ट २०७६ माघ १३ गते १८:५०

Advertisement

हराएको ११ दिन पछि लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव फेला परेको छ ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइँकुण्ड पदयात्राको बाटोमा पर्ने फेदीभन्दा ३ किलोमिटर तल शव फेला परेको हो ।

खोज तथा उद्धार कार्यमा संलग्नले हिउँले पुरेको अवस्थामा शव फेला परेको जनाएका छन् । मृतक दुवै जना बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । उनीहरु सिन्धुपाल्चोकको हेलम्बु र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबीचको हिउँ पर्ने क्षेत्रबाट हराएका थिए ।

उनीहरुको खोजीका लागि नुवाकोट प्रशासनबाट सुरक्षा निकाय र रसुवा प्रशासनबाट हेलिकोप्टर परिचालन गरिएको थियो । दुप्चेश्वर गाउँपालिकाले जिवित वा मृत जस्तो अवस्थामा भेट्टाएपनि १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री