शनिबार, ८ वैशाख २०८१

अनुदानमा गाउँपालिकाद्वारा सोलार वितरण

समयपोष्ट २०७६ माघ ११ गते १५:१५

Advertisement

जिल्लाको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वय र आंशिक अनुदानमा ५० देखि ५५ वाटका चार हजार ७९५ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा विद्युतीकरण नभएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा १६ हजार पर्ने सोलारमा ११ हजार अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा झण्डै दुई हजार ७४७ सोलार वितरण गरेको गाउँपालिकाले र दोस्रो चरणमा सबै घरधुरीलाई सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो । “हाम्रो गाउँमा विद्युतीकरण भएको छैन”, उहाँले भन्नुभयो, “अँध्यारोमा बस्दै आएकालाई केही सहन हुनेछ ।” वैकल्पिक ऊर्जाको १० हजार अनुदान र गाउँपालिकाको एक हजार अनुदानमा स्वंयम् व्यक्तिको चार हजार लिएर ५० देखि ५५ वाटका सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री