बुधबार, १२ वैशाख २०८१

आयुष्मानले केटासँग चुम्बन गर्दा यस्तो थियो परिवारको प्रतिक्रिया

समयपोष्ट २०७६ माघ १० गते १३:३४

Advertisement

बलिउड नायक आयुष्मान खुरानाले समलिंगी पुरुषको भूमिकामा देखिएका गुजराज रावले चुम्बन गरेको दृष्य हेरेर परिवारहरु निकै हाँसेको बताएका छन् ।

चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ बारे भारतीय मिडियासँग कुरा गर्दै उनले भनेका छन्–‘मलाई केही भन्नुहुन्छ कि भन्ने लागेको थियो । तर, बुबा आमाले त त्यसलाई हाँसोमा उडाइदिनु भयो ।’

आयुष्मानले यस्तो विषयमा चलचित्र गर्न लागेको परिवारलाई पहिल्यै थाहा थियो । तर, पनि नराम्रो रुपमा परिवारले लिन्छ कि भन्ने उनलाई डर थियो । आयुष्मान भन्छन्–‘कथा त उहाँहरुलाई सुनाइसकेको थिए । मैले हरेक चलचित्रको कथा उहाँहरुलाई सुनाउने गर्छु ।’

आयुष्मान अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । ट्रेलरमा समलिंगी पुरुषको प्रेमलाई देखाइएको छ । दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने कुरालाई चलचित्रको विषयबस्तु बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री