शुक्रबार, १६ चैत २०८०

४.०१ प्रतिशतले घट्यो सिद्धार्थ बैङ्कको नाफा

समयपोष्ट २०७६ माघ १० गते १२:५१

Advertisement

सिद्धार्थ बैङ्कले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

बैङ्कले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड ९४ लाख मुनाफा आर्जन गरेको थियो । बैंकको मुनाफा चालु आर्थिक वर्षको सोहि अवधिमा ४.०१ प्रतिशतले घटेको हो ।

बैंकको वितरणयोग्य मुनाफा ५७ करोड ४९ लाख २५ हजार रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा तुलनामा बैंकको खुद ब्याज आम्दानी २१.१९ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब २८ करोड ८८ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ७७ ७७ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २१ प्रतिशतले वृद्धि हुँदा बैंकको संचालन मुनाफा भने सामान्य घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५२ करोड १९ लाख संचालन मुनाफा आर्जन गरेको बैकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ५२ करोड ६ लाख संचालन मुनाफा आर्जन गरेको छ ।

९ अर्ब ७८ करोड ७७ लाख ६८ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ३ अर्ब ८५ करोड ८४ लाख ९४ हजार र संचित कोषमा १ अर्ब १० करोड ५७ लाख २१ हजार रुपैयाँ राखेको छ । पुष मसान्त सम्ममा बैंकले १ खर्ब २६ अर्ब ५४ करोड ५० लाख निक्षेप संकलन गरेर १ खर्ब १८ अर्ब ३६ करोड ४२ लाख कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ अर्ब ९२ करोड ३४ लाख निक्षेप संकलन गरेर १ खर्ब ४ अर्ब ८७ करोड ६३ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा गत वर्षको दोस्रो त्रैमासमा १.६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा १.५५ प्रतिशतमा झरेको छ ।त्यस्तै बैंकको सिसिडि रेसियो ७८.४१ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १२.८६ प्रतिशत रहेको बैंकको कोषको लागत ७.२७ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१७ प्रतिशत र आधार ब्याजदर १०.०४ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ ७२ पैसा र मुल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री