शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर सम्पन्न

समयपोष्ट २०७६ माघ १० गते १२:२२

Advertisement

सिद्धार्थ बैंकले काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

२०७६ पौष २२ देखि पौष २५ सम्म श्रीनगर (सर्लाही) र पौष २७ देखि पौष २९ सम्म मलंगवा (सर्लाही) मा संचालन भएको उक्त शिविरमा कूल १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो ।

परिक्षण गरिएका मध्य १७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरि उहाँहरुको आँखा शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४,६७,५००को आर्थिक सहयोग प्रदान गरेको थियो ।

उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री