शुक्रबार, ७ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ माघ १० गते १२:२०

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं स्थित टोखा नगरपालिका वडा नं. ३ बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु स्थित कृष्णनगर नगरपालिका वडा नं. २ गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

दुई नयाँ शाखाहरु सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री