मंगलबार, ११ वैशाख २०८१

सैफले यसरी पोखे पूर्वपत्नी अमृतासँग छुट्टिँदाको पीडा

समयपोष्ट २०७६ माघ १० गते १२:००

Advertisement

सैफ अली खानले पूर्वपत्नी अमृता सिंहसँग सम्बन्धविच्छेद भएपछिको आफ्नो अवस्था बारे खुलेर बताएका छन् । उनले भर्खरै एउटा अन्तरवार्तामा निकै भावुक हुँदै भने, ‘त्यो समय मेरो लागि निकै कठिन थियो । आफ्नो छोराछोरीसँग टाढा हुदाँको पीडा कस्तो हुन्छ मैलेभन्दा धेरै कसैले सम्झिन सक्दैन । मेरो तीन जना छोराछोरी छन् तिनीहरुलाई म निकै माया गर्छु ।’

सैफ छिट्टै आफ्नो अर्को फिल्म ‘जवानी जानेमन’ मा पिताको भूमिकामा देखिदैछन् । उनले उक्त फिल्मको बारेमा कुराकानी गर्दै अमृतासँग टाढा हुँदाको पीडा सेयर गर्दै भने, ‘आज पनि त्यो पीडादायी पललाई भुल्न सकेको छैन । जो कोहि बालबालिकाको लागि परिवारको साथ हुनु निकै महत्वपूर्ण कुरा हो तर मेरो छोराछोरीले त्यस्तो मायाबाट बन्चित हुनुपर्यो ।’

सैफले एउटा परिवारको दुई जना छुट्टिदा छोराछोरीमा कस्तो असर पर्छ भन्ने कुरा बुझ्न निकै कठिन हुन्छ । र त्यसमा आमाबाबुको भावनालाई बुझ्न झनै कठिन हुन्छ । सैफले सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए भने उनको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो । अमृतासंग
सम्बन्धविच्छेद भएपछि उनले करीनासँग विवाह गरेका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री