शुक्रबार, १४ वैशाख २०८१

पहिलो पटक मौनता तोड्दै नसिरुद्धिनले भने-मुस्लिम बनेर भारतमा बस्‍न सक्‍दिन

समयपोष्ट २०७६ माघ १० गते १०:३८

Advertisement

बलिउडका प्रभावशाली अभिनेता नसिरुद्धिन शाहले आफू मुस्लिमको रुपमा भारतमा बस्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

‘द वायर’ले लिएको अन्तर्वार्तामा नसिरुद्धिनले ६९ वर्षीय अभिनेता नसिरुद्धिनले भारतको नयाँ विवादास्पद नागरिकता संशोधन कानुनप्रति दु:ख व्यक्त गर्दै पछिल्लो अवस्थाबाट आफू दु:खी भएको प्रतिक्रिया दिएका हुन् ।

उनले ७० वर्षपछि आएर आफूलाई मुस्लिम प्रमाणि गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘म र मेरो परिवारले अहिलेसम्म यहाँ बस्न मुस्किल छ जस्तो लागेको थिएन, तर अहिले उनीहरुलाई मुस्लिमको रुपमा भारतमा रहन सकिँदैन भन्ने लागेको छ,’ शाहले भनेका छन् ।

साथै यस्तो संवेदनशील मुद्दामा पनि बलिउडका अरु प्रभावशाली अभिनेताहरु मौन रहेकोमा अचम्म मानेको बताए । नरेन्द्र मोदी नेतृत्वको २०१९ मा नागरिकता संशोधन सम्बन्धी नयाँ कानुन ल्याएको थियो । जुन कानुन मुस्लिम समुदायप्रति पूर्वाग्रही भएको भन्दै देशव्यापी प्रदर्शन हुँदैआएको छ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री