बिहीबार, १५ चैत २०८०

युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन

समयपोष्ट २०७६ माघ ९ गते २०:१३

Advertisement

युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ संस्थापक शेयरधनी एनई ग्रुपको प्रतिनिधित्व गर्दै कम्पनीको अध्यक्ष बनेका हुन ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी वहन गरिसकेका श्रेष्ठको आगमनसंगै कम्पनी व्यवसायिक रुपमा अझ अगाडी बढने बिश्वास गरिएको छ ।

देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने श्रेष्ठ निजी क्षेत्रका अगुवा हुन्। विहिबारै कार्यवार सम्हाल्दै श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पुर्याउने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री