बुधबार, १२ वैशाख २०८१

गर्लफ्रेण्डलाई किस गरिरहेका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…..

समयपोष्ट २०७६ माघ ९ गते १५:०६

Advertisement

एक ब्यक्तिलाई गेम लाईभ टेलिकाष्ट भैरहदाँ गलफ्रेण्ड चुम्नु निकै भारी परेको छ ।

इक्वेडरका देवेइ एन्ड्रेड नामका व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए। उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन्। संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्न छोडेर गर्लफ्रेण्डलाई किस गरिरहेका थिए।

ती व्यक्तिलाई थोरै पनि पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेको थियो। उनीहरुको हर्कत स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो। जब देवेइलाई महसुस भयो कि उनको भिडियो लाइभ भइरहेको छ, उनी सचेत भए। तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो। उनकी श्रीमतीले घरमा बसेर टिभीमा यही खेल हेरिरहेकी थिइन्। जसले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन्।

देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छाडेर गइन्। यो भिडियो इक्वेडरसहित विश्वभर भाइरल भइरहेको छ। भिडियो भाइरल भएपशचात् र श्रीमती घर छाडेर गएपछि देवेइले इन्स्टाग्राममा सार्वजनिक रुपमा एक पोस्ट लेखेर आफ्नो गल्तीको लागि माफी माग्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका छन्।

भिडियो भाइरल भएपश्चात् र आफूमाथि व्यङग्य हुन थालेपछि उनले मानिसबाट नै गल्ती हुने भन्दै मानिसहरुलाई यो मुद्दा छाड्न आग्रह पनि गरेका छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री