शुक्रबार, ७ वैशाख २०८१

चीनबाट नेपाल आएका एक नेपालीमा देखियो कोरोना भाइसरको सङ्क्रमण

समयपोष्ट २०७६ माघ ९ गते ११:४९

Advertisement

चीनको वुहान शहरबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोना भाइसरको सङ्क्रमण देखिएको छ ।

ती व्यक्तिकाे नमूना परीक्षणका लागि हङकङ पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती व्यक्ति हाल अस्पतालबाट डिस्चार्ज भैसकेका छन् तर उनी निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै नेपालमा पनि सतर्कता र निगरानी बढाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जनाएको छ ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरूको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थलले जनाएकाे छ ।
अहिलेसम्म याे भाइरसकाे सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण काेरिया जापान र थाइल्याण्डमा पनि देखिएकाे छ । भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाकाे ज्यान गइसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री