बिहीबार, १३ वैशाख २०८१

विद्यावारिधि गर्नेलाई छात्रवृत्ति

समयपोष्ट २०७६ माघ ७ गते १६:५३

 

Advertisement

झापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । मेचीनगर–११ का विष्णु रिमालले राजनीतिशास्त्र र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जलविज्ञानसम्बन्धी विषयमा विद्यावारिधिका लागि सो छात्रवृत्ति प्राप्त गर्नुभएको हो ।
मेचीनगर नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई यसअघिदेखि नै छात्रवृत्ति प्रदान गर्दै आए तापनि विद्यावारिधि तहमा पहिलोपटक प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले जानकारी दिनुभयो ।

नगरपालिकाले झापा विद्रोहका शहीद वीरेन राजवंशीको स्मृतिमा प्रत्येक वर्ष कूल रु १० लाखको विपन्न तथा दलित छात्रवृत्ति वितरण गर्दै आएको छ । सो छात्रवृत्ति गत आर्थिक वर्षमा प्राविधिक विषयमा अध्ययनरत ४७८ जनालाई वितरण गरिएको नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार कक्षा ११ र १२ मा पशु तथा कृषि विज्ञान पढ्ने विद्यार्थीलाई गैरदलित भए रु दुई हजार ५०० र दलित भए रु तीन हजारका दरले वार्षिक छात्रवृत्ति वितरण गरिएको छ । नगरपालिकाले प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई रु पाँच हजारका दरले रकम प्रदान गरेको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री