शुक्रबार, ७ वैशाख २०८१

आगलागीबाट एकै परिवारको पाँच व्यक्तिको मृत्यु

सिन्ह्वा २०७६ माघ ७ गते १६:२२

Advertisement

भियतनामको दक्षिण शहर हो चि मिन्ह्मा मङ्गलबार बिहान सबेरै भएको एक आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजे सो आगालगी शुरु भएको थियो । आगलागीमा परेर एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ७०, ४४ र ३० वर्षका महिला, ४० र ३७ वर्षका पुरुष छन् ।

यस आगलागी नियन्त्रण २२ जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका र आगलागीको कारणका बारेमा अनुसन्धान शुरु भएको छ ।
सन् २०१९ मा भियतनाममा भएका ३ हजार ७५५ वटा विस्फोट र आगलागीका घटनामा परी १ सय १२ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ७७ जना घाइते भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री