
अशोक खनाल
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचा पार्क भित्र रहेको महादेव पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।
सोमबार हजुरआमा संग पार्कमा खेल्न गएका मालरानी गाउँपालिका–६ घर भएकी ५ वर्षीया क्रिष्टिना महत र प्युठानको नौबैनी गाउँपालिका ३ घर भइ हाल सन्धिखर्क बस्ने ४ वर्षीया वर्षा थापा मगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अहिले दुबै जनाको शवलाई जिल्ला अस्पताल सन्धीखर्कमा पोस्टमार्टमको लागि राखिएको छ ।









प्रतिक्रिया