शुक्रबार, ७ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, नगद लाभांश पारित

समयपोष्ट २०७६ पुष २९ गते २०:४२

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मंगलबार सम्पनन सभारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६÷९६ (अक्षरेपी रु. तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैया र पैसा छयानब्बे मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

साधारण सभाले आ. व.२०७५/०७६को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७६/७७ को लागि श्री श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखा परिक्षकमा नियुक्त गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री