सुत्केरी चमेली तामाङलाई मुक्तिनाथ विकास बैकको सहयोग
समयपोष्ट
२०७६ पुष २८ गते २०:१५
मुक्तिनाथ विकास बैंक लि.ले कटारी–५ भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् । उनको २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् । ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुुसको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो ।
उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया