शुक्रबार, १४ वैशाख २०८१

माइती नेपाललाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

समयपोष्ट २०७६ पुष २८ गते २०:०६

Advertisement

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले माइती नेपाललाई न्यानो कपडा तथा विभिन्न सामग्रीहरु वितरण गरेको छ ।

बैंकको शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा आयोजना गरेको गौशालास्थित माइती नेपालको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरुको सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरियो ।

सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्का, बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटा लगायत माइती नेपालका संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री