बुधबार, १२ वैशाख २०८१

जीवन बिमक संघ दर्ता, संयोजकमा सूर्या लाइफ इन्स्योरेन्सका सीइओ पाण्डे

समयपोष्ट २०७६ पुष १७ गते १२:२१

Advertisement

जीवन बिमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बिमक संघ दर्ता भएको छ।

यहीँ पौष ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बीमक संघ नेपाल नामक संगठन दर्ता भएको हो । संघको संयोजकमा
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ शिवनाथ पाण्डे , तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली रहेका छन् ।

त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् ।

उक्त संघले जीवन बीमासँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्ने संघका संयोजक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री