बिहीबार, १३ वैशाख २०८१

पीपीएलका उत्कृष्ट ३ खेलाडीलाई टीभीएस अपाचे बाइक हस्तान्तरण

समयपोष्ट २०७६ पुष १६ गते २०:४८

Advertisement

नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पीपीएल सम्पन्न भएको छ ।

नेपालभित्र खेलाइने यसप्रकारका प्रतियोगिताहरुलाई प्रवर्धन गर्ने उद्देश्य जगदम्बा मोटर्सले लिंदै आएको छ । सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पीपीएलमा पनि टीभीएस अपाचेको साथ जगदम्बा मोटर्स जोडिएको थियो ।

उक्त प्रतियोगिताको एक महत्वपूर्ण प्रायोजक रहेको टीभीएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टीभीएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका ३ जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक एकवटा टीभीएस अपाचे आरटीआर २०० ४भी अपाचे १६० ४भी अपाचे १६० २भी हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष अग्रवालले खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गरेको र टीभीएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण परिचित रहँदै आएको बताए ।

उनले पीपीएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गरे । पोखरामा सम्पन्न पीपीएल प्रतियोगिताको दोस्रो संस्करणमा टीभीएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री